काठमाडौं । आठ वर्षपछि दयाहाङ राई र रिश्मा गुरुङलाई दर्शकले पुन: पर्दामा जोडीको रुपमा देख्न पाउने भएका छन् । यी दुईले आगामी एक सोसल–रोमान्टिक फिल्म ‘रिमै’मा स्क्रिन–सेयर गर्ने पक्का भएको छ ।
उनीहरुले पछिल्लोपटक २०७२ सालमा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी’मा सहकार्य गरेका थिए । ‘कबड्डी’मा रिश्माको मैयाँ चरित्र चर्चित भएको थियो ।
‘मन्त्र’ फेम्ड खिलबहादुर गुरुङले निर्देशन गर्ने यो फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरमा बनाउन लागिएको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ । ब्लकबस्टर ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको यसमा पटकथा छ ।
फिल्ममा दयाहाङ र रिश्मासहित वीरबल घले शीर्ष भूमिकामा रहने उल्लेख छ । चैतदेखि फिल्मको छायांकन उत्तरी गोरखामा गर्ने तयारी छ ।
फिल्मको कार्यकारी निर्मातामा वीरबल घलेसहित टीका गुरुङ, प्रकाश गुरुङ, जित यात्री गुरुङ र सचिकुमारी घले छन् । दुनबहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सहनिर्माता छन् ।
FACEBOOK COMMENTS