काठमाडौं । काठमाडौंको धरहरालाई गुगल म्यापमा सर्च गर्दा सेतो टावर नाम आएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २२ मा रहेको धरहरालाई गुगल म्यापले सेतो टावर नाम आएको हो ।
गुगल म्यापमा धरहरा सर्च गर्दा धरहरा टावर, सेतो टावर र भिमसेन स्तम्भ देखिन्छ । यी मध्य धरहरालाई सेतो टावर नाम कसले राखे होला भन्ने प्रश्नसमेत उठेको छ ।
महानगरपालिकाका मेयर बालेन शाहले आफू निर्वाचित हुन अघि देखिनै धरहरालाई सेतो टावर नाम दिएका थिए । उनले दिएको उक्त नाम नै गुगल म्यापमा देखिएको छ ।
धरहराको निर्माण १८८२ सालमा भएको थियो । भीमसेन थापा प्रधानमन्त्री भएका बेलामा निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्छ।
FACEBOOK COMMENTS