काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको जलजलेमा पत्ता लागेको ११२ अर्ब घनमिटर मिथेन ग्यासको परीक्षण उत्पादन आगामी मंसिरभित्र गरिने बताएका छन् ।
आज मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा सांसदहरूले उठाएको पुरक प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘यसको परीक्षण उत्पादन मंसिरभित्रमा हुनेछ । र, यसको व्यावसायिक उत्पादन सम्भवत: आगामी आर्थिक वर्षभित्र भइसक्ने छ । सदुपयोग पनि गरिने छ ।’
बजेटबारे सांसदहरूलाई प्रधानन्त्रीको जवाफ : सकेसम्म सन्तुलितरूपमा बजेट ल्याइएको छ
FACEBOOK COMMENTS