काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार कामीले नेपालको संविधानको धारा २५५ को उपधारा ४ को (क) बमोजीम पदबाट राजीनामा दिएका हुन् ।
शुक्रबार देखि लगु हुने गरी उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।