एजेन्सी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
मन्त्री भण्डारी आइतबार औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरे । नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारी र दक्षिण कोरियाका मन्त्रीबिच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी सम्झौता गरिने जनाइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमा समेत छलफल हुने उनका स्वकिय सचिव आनन्द भट्टले जानकारी दिए ।
FACEBOOK COMMENTS