काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ७.७ ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ ।
७०% सम्मको छुट, निःशुल्क डेलिभरी र ६० लाख रुपैयाँ बराबरका भौचरहरूसहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ । सेलमार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।
यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्राण्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ वटा विशेष उत्पादनहरू केवल ७७७ रुपैयाँ मा उपलब्ध गराउने छन् ।
मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सयभन्दा बढी अग्रणी एफएमसीजी तथा फेशन ब्राण्डहरूले फ्ल्याट ५०% छुट उपलब्ध गराउने छन् । यसबाहेक, उपभोक्ताहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिङ्गर फ्ल्याश सेलमार्फत छानिएका उत्पादनहरू ७, ७७, ७७७ र ७ हजार ७७७ रुपैयाँमा पाइने अफरहरू पनि उपलब्ध हुने छन् ।
७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सीमित नभई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडिओ तथा वेयरेबल्स, फर्निचर, होम डेकोरलगायत थप विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।
दराजले ग्राहकहरूका लागि बेष्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ । यस सुविधाअन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरू कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारितभन्दा सस्तो मूल्यमा पाउँछन् भने दराजले तिनलई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कारस्वरूप प्रदान गर्ने छ । तर, यसका लागि शर्तहरू भने लागू हुनेछन् ।
यस सेलअन्तर्गत ४९९ रुपैयाँ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिने छ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भौचर सङ्कलन गर्नुपर्ने हुन्छ ।
सन् २०१५ मा स्थापित दराज दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल र म्यानमारमा आफ्ना सेवा उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी दराजले ५० करोडभन्दा बढी जनसङ्ख्या भएको यस क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
FACEBOOK COMMENTS