काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि १५ (जुलाई १८–३१) सम्म सञ्चालन हुने यो भव्य सेलअन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा ८०% सम्मको छुट, निःशुल्क डेलिभरी र २ करोड रूपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नेछन् ।
महाबचत बजार सेलअन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । यस अभियानमा सहभागी ब्राण्डहरूबाट प्रदान गरिने छुटहरूमा प्लेटिनम पार्टनरका रूपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभरमार्फत २५% सम्मको छुट, गोल्ड पार्टनरहरू, र्होटो, एङ्कर र मम्बड्समार्फत ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६०% सम्म छुटको पनि व्यवस्था गरिएको छ ।
महाबचत बजार सेलको मुख्य आकर्षणका रूपमा ८ देखि ८,८५८ रुपैयाँसम्मका मेगा डिलहरूमा ८, ४८, ८४८, र ८,८५८ रुपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ । साथै, जियासिसको ८ केजी क्षमताको वाशिङ मेसिन (४९,९९९ रुपैयाँ), वानप्लस नोर्ड सीईफाइभ ( ४८,९९९ रुपैयाँ), अकारिटेक ४३ इञ्च स्मार्ट एलईडी टीभी (३२,९४० रुपैयाँ), रेडमी नोट १४ फाइभजी (३०,९९९ रुपैयाँ), भरटेक्स २४ इञ्च गेमिङ मोनिटर (१८,९९९ रुपैयाँ) र अकारिटेक ६० लिटर रेफ्रिजिरेटर ( १६,९९० रुपैयाँ) लगायत सीमित स्टकमा मात्र ८,८४८ रुपैयाँमा उपलब्ध हुनेछन् ।
महाबचत बजार सेलअन्तर्गत दुई जना भाग्यमानी ग्राहकले १०,४९९ रुपैयाँ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल ८ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोषिलो फूड्स, एमडब्ल्यूसी, कन्भर्स, टाइटेक्स, अलेवालगायत १०० भन्दा बढी ब्राण्डहरूका उत्पादनहरू फ्ल्याट ६०% छुटमा उपलब्ध हुनेछन् ।
बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रि–पेमेन्ट लाभ
दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरूले थप लाभ लिन सकून् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यसअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि १५% छुट (७५० रुपैयाँसम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १०% छुट (५०० रुपैयाँसम्म) उपलब्ध गराइने छ । योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी छन् । त्यस्तै, ई–सेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।
महाबचत बजार महोत्सवका अवसरमा दराजले हाइ–भ्याल्यू पर्चेजमा हाइ–भ्याल्यू रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जसअन्तर्गत १ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकले १०,००० रुपैयाँ छुटको भौचर प्राप्त गर्न सक्नेछन् । साउन २ (जुलाई १९) राति १२ बजेबाट सुरू हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ ।
बैंक अफर, दैनिक फ्ल्याश सेल, ई–सेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो महाबचत बजार महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त छ ।
सन् २०१५ मा स्थापित दराज दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी दराज ५० करोडभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ अगाढि बढिरहेको छ ।
FACEBOOK COMMENTS