काठमाडाैँ। पाँच करोड १५ लाख रुपैयाँ लागतमा दरबार मार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु गरिएको छ । सोमबार महानगरपालिकाको अनुगमन समितिले कामको निरीक्षण गरेर यसको बाँकी कामको अध्यन भएको हो । निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, ग्रेनाइड सेटिङ्को निरीक्षण गर्दै पैदल मार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राखेकि थिइन् । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम बताए ।
नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ । सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको छ । त्यसभन्दा पिसिसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट विछ्याइने जनाइएकाे छ ।
FACEBOOK COMMENTS