काठमाडौं । बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनागरी आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दशैं सकिन्छ ।
विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम आजदेखि सकिन्छ ।
आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँने गर्दछन् । माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।
FACEBOOK COMMENTS