काठमाडौं , असोज १३- नेपाली स्थानीय कृषि उत्पादनहरु, र उपभोग्य बस्तुहरुको प्रवर्द्धनका लागि मेला आयोजना गरिएको छ । रिवन काटेर मेलाको शुभारम्भ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले गर्नु भएको छ ।कार्यक्रममा मल्लले “नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हाशिल गर्न सकिने भएकाले यस्ता मेला आयोजना हुँदा थप टेवा पुग्ने बताउनु भयो ।”
उक्त अवसरमा नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले महिला उद्यमशिलताको बिकास गर्न अब बिस्तारै यस्ता कार्यक्रम गर्दै लैजाने बताउनु भयो ।त्यसैगरी नेपाल महिला चेम्बरका महासचिव लिमा अधिकारीले महिलाहरुको सामूहिक आर्थिक सबलीकरणको लागि गरिएको यो मेला १५ दिनसम्म संचालित हुने बताउनु भयो ।
(उक्त मेला कमलपोखरिको सिटि सेन्टरको चौथो तलामा भईरहेको छ )
(फोटो फिचर)
FACEBOOK COMMENTS