दशैं हाम्रो परम्परागत मौलीक सांस्कृतिक पहिचान र ईतिहास हो ! युगलाई नै प्रभावमा पार्ने चमत्कारिक घटनाहरुले समाज मा जब स्थायी असर पार्दछन देशको साझा संस्कृति बन्न जान्छ l यो प्रभाव लाइ,यो संस्कार लाइ राजनीतिक निहीत स्वार्थ मा विखण्डित गर्ने प्रयास भैरहेका छन् ।
दशैं मातृ जातीले समाज को लागि देखाएको शौर्यको सम्मानमा गरिएको उत्सब हो ! समाजलाई विखण्डित गर्न प्रयास गर्ने हिंसक असुर जातिका नाइके शुम्भ निशुम्भ,धुम्राक्ष,धुम्रलोचन जस्ता (धुँवा खरानी जस्ता कुईरा आँखा भयका ) पोर्तुगीस ,ब्रिटिश,फ्रेन्च आतंकको बिरुद्धमा हिमाली नारीहरुले युद्धमा पाएको सफलताको उत्सव दशैं हो ! चण्डीमा नै देवीहरु को वर्णन गर्दा “हिमालय कृताश्रयाम ” स्पष्ट शब्दमा लेखिएको छ ! पार्वती हिमालय पाहाड मा बस्ने पर्वते योद्धाकि छोरी हुन् अरु देवी हरु पनि हिमालय वरिपरि बस्ने वीर नेपाली चेली हुन् ! धुम्राक्ष,धुम्रलोचन जस्ता कुइरे हरुले नेपाली चेलीहरु माथि गलत मनसायले आँखा लगाउदा त्यो बेला भएको भिषण युद्ध माथि नेपाली चेलीहरुले विजय पाएको बीर गाथाको वर्णन १८००० श्लोकमा लेखिएको देवी भागवत जस्ता ग्रन्थहरुमा सुरक्षित छन् ! सप्त-शती चण्डी जस्ता लेख रचनामा सुरक्षित रहेका छन् l त्यहि ऐतिहासिक, सांस्कृतिक सन्दर्भमा मनाईने उत्सव दशैं नेपाली जाती मात्रले नेपाल रहदा सम्म बिर्सन सक्दैन । राता अक्षता युद्दको प्रतिक हो , जमरा पहाडमा महिनौं सम्म हरियो रहने जौ जमरालाई फूलको रुपमा लिई उत्सव मनाईएको हो ।
उत्सव उत्सवकै लागि मात्र हुदैनन् ! नारीहरुमा सचेत शौर्य जीवित राख्न नेपाली समाजले मात्र मनाउने चाड दशैं हो ! संस्कृतिविदहरुले खोजमूलक ढंगले विश्लेषण गरेर चाडहरुको महत्व बुझाउन सक्नु पर्दछ ! जातीय विद्वेषमा रमाउनेहरु यो केहि निश्चित जाती ब्राह्मण, क्षत्री आदि मात्रको चाड हो भनिरहेका छन् ! सांस्कृतिक विखण्डन देश विखण्डनको लागि हुने गर्छ ! सचेत बनौ होशियार बनौ !
सांस्कृतिक परिवेसले यहि संकेत गर्दैछ ! ईतिहास पुराणहरु पढ्ने पढाउने शैली अलि ब्यापक खोजमूलक, यथार्थपरक हुनु पर्यो ! हाम्रा साहित्यिक,धार्मिक ग्रन्थहरु रामायण,महाभारत हरु पनि त नारी प्रधान ग्रन्थ हुन् । द्रौपदी सीताहरु लाइ प्रधान पात्र बनाएर रचिएका छन् । सीता जनकपुर कि चेली नै हुन् द्रौपदी पनि हाम्रो बिराटनगर वरिपरि का राजा रजौटा कि छोरी हुन् । हाम्रो बिराटनगर को ऐतिहसिक महत्व लाइ बिर्सेर अन्यत्र भटकिनु चेतना को कमजोरी हो ।
ऋषि -महर्षिहरु हिमालको आसपासमा आश्रय खोज्दै यत्रतत्र सर्बत्रबाट आइ आश्रम बनाई बसे बेद-उपनिषद्हरु रचे । आफ्नो वरिपरि जे देखे साहित्यमा जीवित राखे मैले बुझेको धार्मिक,संस्कृतीक महोत्सबको श्रृखला यही हो । नारीहरु समाजका हरेक मोर्चामा आगाडी थिए । पुरुषहरुले पनि नारी चेतना ग्रहण गर्दै आगाडी सरे । प्रजनन आदि प्राकृतिक कारणले नारीहरु गृहिणीको रुप मा अन्त: पुरमा सीमित भए आज फेरि नारी जागरण बढ्दै छ ।
आत्रेयी,मैत्रेयी,गर्गेयी,सीता जस्ता आदर्श नारीहरु को संस्कृती,संस्कार लाई लक्षय बनाउदै समाजकै आमा बन्ने उद्धेश्य रहोस ।
FACEBOOK COMMENTS