काठमाडौं । वसन्तपुरस्थित दशैं–घरमा महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बली दिइएको छ ।
महानवमीका दिन देवी दुर्गालाई बली दिइएको हो । दुर्गा पूजा लगायत विधिवत कार्य गरी बली नेपाली सेनाले बली दिएको हो ।
दशैं–घर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ ।
नेपाली सेनाले सोही अवसरमा मौलो पूजा समेत गरेको छ । पशुबली नदिने र साकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेतको बली दिइ पायस पनि चढाउने
गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
FACEBOOK COMMENTS