काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।
प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको हो । यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् ।
यस अफर अन्तर्गत रु. तीनहजार पर्ने मेस राउटर रु. पाँचसय छुटसहित रु. दुईहजार ५सय मा उपलब्ध हुनेछ । त्यस्तै, रु. १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए ३६ छुटसहित रु. ८हजार २९९ मा पाइनेछ ।
साथै, ४३–इन्चको हिमस्टार स्मार्ट टिभी रु.२७ हजार ९९९ मा किन्न सकिनेछ । यससँगै, रु. ८,४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले एचयmयऋयमभ ख्क्ष्ब्३०० हालि रु. ३०० क्यासब्याक पाउनेछन् ।
यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।
FACEBOOK COMMENTS