महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएपछि गाडी आवतजावतमा समस्या भएको छ ।
नारायणगढबाट बुटवलतर्फ हिँडेका सयौँ गाडी दाउन्नेमा रोकिएका छन्। दुम्कीवासबाट ३ किलोमिटर पश्चिम विश्वकर्मा मन्दिर नजिक सडक भासिएर पुरिएको स्थानमा गाडी चढ्न नसकेर समस्या भएको यात्रुहरूले बताएका छन ।
ढलान गरिएको सडकमा गाडी एक पटकमा एउटा मात्र वारपार गराउनुपर्ने बाध्यताले समस्या थपिएको हो। इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले झरीले दाउन्ने सडकमा आउजाउ गर्न कठिन भएको बताउँदै ६ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालन भएका कारण लामो जाम भएको बताउनु भयो ।
चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम नगरेका कारण दाउन्नेमा सामान्य वर्षा हुनासाथ घण्टौँ जाम हुने गरेको छ।
बुधबार बिहान ६ बजेपछि वर्षा रोकिएका कारण साँझसम्म केही सहज हुन सक्ने उनले भनाइ छ ।
FACEBOOK COMMENTS