नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवास दाउन्ने खण्डमा ठूला र भारी मालबाहक सवारी सञ्चालनमा रोक लगाएको छ ।
दाउन्ने खण्डमा बर्षाको समयमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको हो ।
निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीवासस्थित विनयी खोला पुलको डाईभर्सन पटक पटक बाढीले बगाउने गरेकाले निर्माणको अन्तिम चरणमा रहेको नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिइएको छ ।
सडक आयोजना निर्देशनालयले सुचना सार्बजनिक गर्दै दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडकमर्मत गर्ने काम भइरहेको र यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । वैकल्पिक सडक प्रयोग गर्नु प्रशासनले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS