नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ।
बस दुर्घटनामा ज्यान गुमाउनेहरूमा भेरीगङ्गा नगरपालिका–३ (जाजरकोट) का ५० वर्षीय निर्जुङ खत्री, कोहलपुर नगरपालिका–३ (बाँके) का ३२ वर्षीय दीपेन्द्र के.सी., स्वामीकार्तिक खापर गाउँपालिका (बाजुरा) का ६५ वर्षीय नरेन्द्रराज गिरी, कोहलपुर नगरपालिका–१० (बाँके) का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ (बाँके) का २२ वर्षीय कृष कनौजिया रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने अन्दाजी ४०–४२ वर्षका एक पुरुषको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ। घाइतेमध्ये बाँकेका अस्लाम भगवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको (रिफर) गरिएको छ।
घाइतेहरूको सूची र अवस्था:

१. अस्लाम भगवान (४८ वर्ष), नेपालगञ्ज उ.म.न.पा.–१६, बाँके – टाउकोमा चोट (गम्भीर, चितवन रिफर)

२. हरिशरण थापा (३० वर्ष), गोरखा न.पा.–९, गोरखा – अवस्था मध्यम (बोल्न सक्ने)

३. तेजेन्द्र प्रसाद भण्डारी (२८ वर्ष), मंगलसेन न.पा.–६, अछाम – भित्री चोट (अवस्था मध्यम)
४. आकृती थारु (२० वर्ष), ठाकुरबाबा न.पा.–१, बर्दिया – अनुहार, खुट्टा र कम्मरमा चोट (अवस्था मध्यम)
५. पवन बुढा (३२ वर्ष), स्वामीकार्तिक गा.पा.–५, बाजुरा – अनुहार र बायाँ हातमा चोट (अवस्था मध्यम)
६. अनोज खत्री (२९ वर्ष), कोन्ज्योसोम गा.पा.–५, ललितपुर – टाउकोमा चोट (अवस्था मध्यम)
७. लाल बहादुर कार्की (३६ वर्ष), बाँसगढी न.पा.–७, बर्दिया – कम्मर र टाउकोमा चोट (अवस्था मध्यम)
८. सञ्जय थारु (२८ वर्ष), राजापुर न.पा.–९, बर्दिया – अनुहार र दुवै हातमा चोट (अवस्था सामान्य)
९. प्रेम बम (२५ वर्ष), स्वामीकार्तिक गा.पा.–१, बाजुरा – कम्मरमा चोट (अवस्था सामान्य)
१०. अनिल बुढाथोकी (२१ वर्ष), वनगाड कुपिण्डे न.पा.–१, सल्यान – बायाँ हातमा चोट (अवस्था सामान्य)
दुर्घटनामा चालकसहित अन्य २ जना यात्रु भने पूर्ण रूपमा सकुशल रहेका छन्। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।