काठमाडौं । लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडकखण्डमा सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार सडक अत्यन्त चिप्लो बनेपछि दुवैतर्फका सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएका हुन् । गएरातीदेखि नै सडक अवरुद्ध भएपछि हजारौं यात्री सडकमा अलपत्र परेका छन् ।
अहिले पनि सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ । साँघुरो सडक, अत्यधिक गाडीको चाप तथा हिलाम्मे सडकका कारण लामो जाम लागेको छ ।
FACEBOOK COMMENTS