काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि लागू हुनेगरी दूधको मूल्य लिटरमा ११ रुपैयाँदेखि १६ रुपैयाँसम्म बढाएको छ ।
संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ । मूल्य बढेसँगै अब निलो प्याकेटको दूधको मूल्य ९७ रुपैयाँ पर्नेछ । हाल यसको मूल्य प्रतिलिटर ८६ रुपैयाँ रहेको छ ।
गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ । क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।
सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।
FACEBOOK COMMENTS