दमौली (तनहुँ) । तनुहँको भिमाद नगरपालिका-६, रङ्गशाला नजिकै रूख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ ।
सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सिसौघारीमा रूख काटी डोरीले तान्ने क्रममा रूखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
FACEBOOK COMMENTS