बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ ।
आज ब्रह्मपुरी गाउँपालिका-४, शेषटोल नजिकै झिमखोलामा डुबेको अवस्थामा भारतको सीतामढी जिल्ला ग्राम पञ्चायत सोनवर्षा-९ बस्ने ४८ वर्षीय इन्दल महतोको शव फेला परेको हो ।
महतोलाई खोलामा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले घटनास्थलको प्रकृति मुचुल्कापछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS