दाङ। दाङमा कोइलाखानीमा च्यापिँदा एक जना मजदूरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइतेको उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार घोराही उपमहानगरपालिका १ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही १९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS