खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभामा ‘ड्युटी’ गर्दागर्दै बेहोश भएका एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ ।
मङ्गलबारे प्रहरी चौकीमा कार्यरत सोलुखुम्बु घर भएका प्रहरी सहायक हवल्दार पुरूषोत्तम निरौलाको मृत्यु भएको हो ।
मादी नगरपालिका-२ मा ड्युटी गर्ने क्रममा एक्कासि बेहोश भएका निरौलालाई उपचारका लागि तेह्रथुमको वसन्तपुरमा रहेको स्वास्थ्य चौकी लगिएको थियो ।
उनलाई उपचारका क्रममा चिकित्सकले शनिबार साँझ मृत घोषणा गरेका हुन् ।
FACEBOOK COMMENTS