काठमाडौं । राजावादीहरूको आन्दोलनमा घाइते भएका एक जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा काठमाडौंको कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन छन् । उनी तीनकुनेकामा भएको झडपका क्रममा घाइते भएका थिए ।
उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा उपचारका क्रममा मृत्यु भएको हो ।
झडपमा पारी घाइते भएका अन्य तीन जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचार गराइरहेकाहरूमा डिल्ली प्रसाद लुइँटेल, गणेश तामाङ र श्याम दर्जी छन् ।
FACEBOOK COMMENTS