काठमाडौं । बालकुमारीमा आज भएको प्रदर्शन तथा प्रहरीसँगको झडपमा परी थप एक जनाको पनि मृत्यु भएको छ ।
झडपमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्र शाहको मृत्यु भएको हो । उनी पाटन अस्पतालमा उपचाररत थिए ।
यसअघि किस्ट अस्पतालमा उपचाररत दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुदन राउतको मृत्यु भएको थियो । योसँगै बालकुमारी झडपमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
वैदेशिक रोजगारीका लागि कोरिया जान चाहाने युवाहरूले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो । घटनामा अन्य धेरै युवाहरू घाइते भएका छन् ।
बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
FACEBOOK COMMENTS