डोटी । कुलो खन्न गएकी एक जना महिलाको जलेर मृत्यु भएको छ ।
पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी उनको जलेर मृत्यु भएको हो ।
कुलो खन्ने क्रममा जंगलमा लागेको आगोबाटी ती महिला जलेकी थिइन् । वन डढेलोमा परी गम्भीर घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज शुक्रबार बिहान मृत्यु भएको हो ।
कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो । उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उहाँको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए ।
FACEBOOK COMMENTS