पोखरा । कास्की जिल्लाको पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
सोही जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ बस्ने १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो करिब १:४५ बजे डुबेर बेपत्ता भएका थिए ।
सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवै जनाको शव करिब २० फिट गहिराइबाट बाहिर निकालेको हो ।
टोलीले खोजीकार्य गर्ने क्रममा विवश परियारको शव २:१० बजे र विशाल परियारको शव ३ बजे फेला पारेको हो ।
FACEBOOK COMMENTS