डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद :किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार, २८ किस्ताबराबरको रकम धरौटी राखेर पुनरवलोकनमा जाने सहमति भएको हो ।२८ किस्तामा तिर्ने बक्यौता रकम धरौटी नेपाल विद्युत् प्राधिकरणको खातामा जम्मा गरेपछि लाइन जोड्ने सहमति भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाले जानकारी दिए ।