काठमाडाैँ। डेडिकेटेड–ट्रंकलाइनको विद्युत बक्यौता विवादमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति लाइन काट्ने सम्बन्धमा अनिर्णित बनेको छ । बिहिबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काट्ने निर्णय नगरी उद्योगीहरुलाई छलफलमा बोलाएको हो ।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार डेडिकेटेड–ट्रंकलाइनको बक्यौता किस्ताबन्दीमा उठाउने गरि छलफल गर्न उद्योगीहरुलाई बोलाइएको हो । सञ्चालक समिति बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काटेर समस्याको समाधान नहुने भन्दै विकल्प खोज्नुपर्ने बताएका थिए ।
यसअघि प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता दाखिला गर्न ३ महिनाको समय दिएर लाइन जोडिदिएको थियो । प्राधिकरणले दिएको ३ महिनाको अवधि आज सकिँदैछ । प्राधिकरणले केही उद्योगीहरुसँग बसेर पुन छलफल गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS