काठमाडाैँ । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक रुपमा लन्च गरिएको छ । एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त उक्त गाडीको लन्च गरेका हुन् ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच एम्एडब्लू वृद्धि अटोकर्पले दिपल इ०७ लन्च गरेको हो । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।
यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रुपैयाँ बढी तिर्नु पर्ने जानकारी पनि गराइयो । फोर ह्वील ड्राइभ ई–०७ को मूल्य एक करोड ९९ बलाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो ।
सोही क्रममा एमएडब्लू ग्रुपका अध्यक्ष अग्रवालले एकदमै राम्रो फिचर भएको र सस्तो कार नेपालमा पहिलो पटक लन्च भएको बताएका छन् । यसको साथै, उनले यस्तो डिजाइनको कार नेपालको बजारमा ७५ लाखमै उपलब्ध हुनसक्छ भनेर कसैलेपनि नसोचेको भन्दै यो एउटा राम्रो उपलब्धी भएको बताए ।
दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध रहेको पनि कार्यक्रममा जानकारी गराइयोको थियो । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने जानकारी गराइयो ।
२४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ ।
FACEBOOK COMMENTS