काठमाडौं । हास्य कलाकारद्वय दिपक गिरी र दीपाश्री निरौलालाई ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरिएको छ । एभरेष्ट ग्यासले स्थापनाको ३० औं वर्षपछि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । एभरेष्टले प्रिमा, साहारा, सैपाल, सुगम र त्रिशुल लगायत सात वटा ब्राण्डका खाना पकाउने एलपी ग्यास उत्पादन गर्दै आएको छ ।
उद्योगले यी सबै ब्राण्डहरुका २० लाख सिलिन्डरबाट लाखौं नेपालीलाई सेवा दिइरहेको बताएको छ । देशभर गरी एभरेष्टको तीन हजार डिलर सञ्जाल छ । कार्यक्रममा बोल्दै ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजार अव्यवस्थित भएको बताए । उनले ग्यासको बजारलाई व्यवस्थित गर्नुपर्ने समय आइसके पनि त्यसो हुन नसकेको बताए ।
‘नेपालमा बिजुलीको पर्याप्तता बढेसँगै ग्यासको खपत घट्ने अनुमान भइरहेको छ,’ उनले भने, ‘तर, तत्काल नेपालमा ग्यासको स्थान बिजुलीले लिने स्थिति देखिँदैन ।’
FACEBOOK COMMENTS