काठमाडौं । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ ।
विहिबार सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिएको जनाएको छ ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको कम्पनि हो । खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बीचमा भएको सम्झौता सकिए पनि अदालतमा मुद्दा रहेका कारण खड्का ल्यान्डले सो जग्गा भोगचलन गरिरहेको छ ।

FACEBOOK COMMENTS