काठमाडौं । ज्यान मार्ने उद्योगमा पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा बहावाला सांसद राजीव गुरूङ (दीपक मनाङे)लाई प्रहरीको केन्द्रीय अुसन्धान ब्युरो (सीआईबी) लगिएको छ ।
मंगलबार बिहान काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई प्रहरीले आजै काठमाडौं जिल्ला अदालतमा बुझाउने छ ।
ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । सर्वोच्चले उनलाई ५ वर्ष जेल सजाय हुने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको हो ।
FACEBOOK COMMENTS