काठमाडौं । साङ्घाई–चाङ्गान अटोमोबाइलअन्तर्गतको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ ।
गएको मे महिनामा मात्र दीपलको २५ हजार पाँच सय २१ युटिन ईभी बिक्री भएको थियो, जुन गत वर्ष मेमहिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो ।
हाल दीपल ब्राण्डअन्तर्गत एसएल०३, एस०७, जी३१८, एल०७, एस०५ र एस०९ गरी पाँच मोडेल विक्री वितरण भइरहेको छ । यसमध्ये दीपल ए०९ औपचारिक रूपमा गएको मे २२ मा सार्वजनिक भएको छ ।
६ सिट भएको ठूलो आकारको एसयूभी दीपल एस०९ पाँचवटा ट्रिममा उपलब्ध छ । एस०९ हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम भएको पहिलो कार हो । यसमा १६:९ एस्पेक्ट रेसियो २१.४ इन्चको ३के सिलिङ माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम छ जसलाई ० देखि ७५ डिग्रीसम्म टिल्ट गर्न सकिन्छ ।
इन्फोटेन्मेन्ट सिस्टममा डाइनामिक पानोरामिक साउन्ड, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, किड्स एक्सक्लुसिभ असिस्टेन्ट, कस्टमाइजेबल सिन ब्लक्स र स्पासियल म्याजिक क्युब फङ्क्सन पनि छ । साथै, यसमा हुवावेको कियान कुन इन्टेलिजेन्ट एडीएस ३.३ ड्राइभिङ असिस्टेन्ट सिस्टम रहेको छ । दीपलले यो वर्षको अन्तसम्ममा एस०९ मा एडीएस४ अपग्रेड गर्ने बताएको छ । डब्लुईडब्लूए आर्किटेक्चरमा बन्ने नयाँ एडीएस४ सिस्टममा इन्ड टू इन्ड ल्याटेन्सी ५० प्रतिशत, ट्राफिक इफिसेन्सी २० प्रतिशतले बढाउनुका साथै हार्ड ब्रेकिङ फ्रिक्वेन्सी ३० प्रतिशतले घटाउने छ ।
दीपलले आउँदो वर्ष चीनमा तीन सयवटा नयाँ एक्सपिरियन्स सेन्टर बनाउने योजना बनाएको छ । दक्षिणपूर्व एसिया र मध्यपूर्व बजारमा प्रवेश गरिसकेको दीपलले यो वर्ष युरोपमा प्रवेश गरिसकेको छ ।
गत मेमा आयोजना भएको दीपल ब्राण्ड नाइटमा सीईओ डेङ चेन्घाओले स्मार्ट लिड २०३० विश्व नीति सार्वजनिक गरेका थिए, जसमा सन् २०३० सम्ममा विश्वभर २० लाख कार बिक्री गर्ने लक्ष्य लिइएको छ । यो योजनाअन्तर्गत चाङ्गानले ३० वटा नयाँ मोडेल सार्वजनिक गर्ने छ ।
FACEBOOK COMMENTS