काठमाडौं । नेपालका लागि स्टाइलिश र प्राविधिक रूपमा अब्बल दीपल ईभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तर्गत दीपलको प्रिमियम ईभी खरिद गर्ने ग्राहकले पहिलो ६ महिनाको मासिक किस्ता तिर्नुपर्ने छैन ।
यस योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिले भरिएको नेपालको नम्बर वान लक्जरी ईभी ब्राण्ड दीपल खरिद गर्ने ग्राहकको सपनालाई सहज बनाउनेछ । ग्राहकले ६ महिनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिशन भ्याल्यू, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर तथा ८२/८३ सालको निःशुल्क सडक कर पनि पाउनेछन् । यो योजना दीपल एस०७, दीपल एस०७ एल र दीपल एल०७ मा नेपालभरका दीपल शोरूममा उपलब्ध हुनेछ ।
एक वर्षअघि नेपालमा सार्वजनिक भएपछि हालसम्म ९०० युनिटभन्दा बढी दीपल बिक्री भइसकेको छ । जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रीन, एआर एचयूडीलगायत १० भन्दा बढी इन्डष्ट्री फर्स्ट फिचरहरू छन्, जसले दीपललाई नेपालकै सबैभन्दा बढी रुचाइएको लक्जरी ईभी बनाएको छ ।
FACEBOOK COMMENTS