काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ ।
बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ ।
चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो ।
यो प्लान्ट पहिले बेइजिंग हुन्डाईको पाँच मध्येको एक उत्पादन केन्द्र थियो ।सन् २०१५मानिर्माण सुरु भई २०१७ अगस्त बाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्ग मिटरमा फैलिएको छ ।यसको प्रारम्भिकलगानी १.१ बिलियन डलर रहेको थियो ।यसको वार्षिक उत्पादनक्षमतातीनलाख युनिट रहेको छ । तर यो कारखाना२०२१ डिसेम्बरबाट बन्दअवस्थामा रहेको थियो ।
हाल दिपलका इभीहरु नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन हुँदै आएको छ ।नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ । यो वर्ष अक्टोबर महिनामादिपल इभीको विक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ ।

चांगानले दिपललाई विश्वभर विस्तार गर्नेलक्ष्य राखेर युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडलहरु सार्वजनिक गर्दै आएको छ । दिपलको एस०५ र एस०७ भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएको थियो ।केही दिनअघि यो ब्रान्ड ब्राजिलमा पनि लन्च गरिएको थियो ।

FACEBOOK COMMENTS