काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका इभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ जुन नेपालकै सबैभन्दा लामो इभी ब्याट्री वारेन्टी हो ।
दिपलका इभीहरुमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ ।
अब भने एमएडब्लु वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा दुई लाख किलोमिटर वारेन्टी दिने भएको हो जसले इभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउनेछ ।
दिपलका इभीमा संसारको सबैभन्दा ठूलो इभी ब्याट्री निर्माता सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ ।
यो ‘एक्टेन्डेड वारेन्टी’ अन्तर्गत दिपलका ग्राहकले ‘हाईभोल्टेज ब्याट्री पार्टस्’, ‘सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट’ र ‘म्यानुफ्याक्चरिंग डिफेक्ट’ लगायतका ‘हाईभोल्टेज इभी कम्पोनेन्ट’मा वारेन्टी पाउनुहुनेछ । यसका साथै, यो वारेन्टीले ‘ट्रयाक्सन मोटर एसेम्ब्ली’, ‘मोटर कन्ट्रोल युनिट’ सहितको ‘इलेक्ट्रिक मोटर सिस्टम’को महत्वपूर्ण भागहरुलाई पनि कभर गर्छ ।
‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति पनि हो’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भन्नु भयो, ‘सिएटिएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो विश्वासका आधारमा हामीले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्टेन्डेड वारेन्टी लागू गरेका हौं ।’
यो घोषणासँगै एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपालका इभी ग्राहकहरुप्रति आफ्नो दीर्घकालिन प्रतिबद्धतालाई पुन: पुष्टि मात्र गरेको छैन इभीको स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको छ ।

FACEBOOK COMMENTS