काठमाडौँ । भ्रामक सूचना प्रसारण गरी धितोपत्रको कारोबार गरेको तथा अवैध लाभ आर्जन गरेको भन्दै धितोपत्र बजारसम्बन्धी कसुर आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल सीआईबी परिसरभित्र अनसन बसेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका उनले पुँजी बजार सुधारका लागि आफूले राखेको माग पूरा हुनुपर्ने भन्दै अनसन सुरु गरेको बताइएको छ ।
सीआईबीले उनलाई पुस ४ गते पक्राउ गरेको थियो । उनलाई जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा चलखेल गरेको आरोप लागेको छ ।
सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले अग्रवालले खाना नखाएको तर पानी खाएको अवस्था रहेको बताए । यसलाई अनसन हो वा होइन भन्ने अवस्था भने व्यक्तिगत विषय भएको उनी बताउँछन् ।
FACEBOOK COMMENTS