काठमाडौं । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गरिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतले उनलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया थालिएको सीआईबी स्रोतले जनाएको छ ।
शेयरको भित्री कारोबारको आरोपमा उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।
उनलाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको शेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS