काठमाडौँ । कञ्चनपुरमा हातहतियार खरखजाना मुद्धाका फरार कसुरदार पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ४ को स्थानीय बजारमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले ती फरार प्रतिवादीलाई समातेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ का ३६ वर्षीय हरि भट्ट रहेका छन् । सोमबार दिउँसो उनी समातिएको प्रहरीले जनाएको छ । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले उनलाई हातहतियार, खरखजाना मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमानाको फैसला गरेको थियो। अदालतले २०७९ असार ७ गते उक्त फैसला सुनाएको थियो ।
तर, उनी उक्त सजाय पूरा नगरी फरार रहेका थिए । अहिले फरार रहेका उनलाई पक्राउ गरेर अदालतमा पेस गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
FACEBOOK COMMENTS