काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ । यो घटना दिल्लीको मुख्यमन्त्री निवासमै भएको हो ।
मुख्यमन्त्री रेखा सीएम हाउसमा सार्वजनिक सुनुवाइ गरिरहेकी थिइन् । त्यस क्रममा ३५ वर्षीय एक व्यक्तिले उनीमाथि आक्रमण गरेको र प्रहरीले आरोपी आक्रमणकारीलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
भाजपाले दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान सिभिल लाइन्सस्थित उनको सरकारी निवासमा आयोजित ुजन सुनवाईु कार्यक्रमको क्रममा आक्रमण भएको बताइएको छ ।
भारतीय जनता पार्टीले यो सम्पूर्ण घटनाको निन्दा गरेको छ।
सार्वजनिक सुनुवाइको क्रममा आक्रमणकारीले पहिले मुख्यमन्त्री गुप्तालाई केही कागजात दिएको र त्यसपछि उनीमाथि आक्रमण गरेका थिए ।
दिल्ली प्रहरीले आक्रमण गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ, आक्रमणकारीलाई सिभिल लाइन्स प्रहरी चौकीमा लगिएको बताएको बताएको छ ।
FACEBOOK COMMENTS