काठमाडौं ।नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ।
त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ ।
केही दिनअघि एक व्यक्तिले संसद सचिवालयमा रायमाझी बिरामी भएको पत्र ल्याएर दर्ता गराएका थिए । ती व्यक्ति को हुन् भन्ने अहिले खोजी गर्न थालिएको हो । यसका लागि सीआईबीले सचिवालयको सीसिटिभी फुटेज लगेको हाे ।
पक्राउ पूर्जी जारी भएपछि रायमाझी भैरहवाबाट सम्पर्कविहीन भएका थिए ।
प्रहरी प्रमुख बसन्त कुँवरलाई आफु प्रहरीकहाँ आफै जाने बताएका रायमाझी त्यसपछि सम्पर्कविहीन बनेका हुन् ।
उनको गाडी चालकले मात्र लिएर काठमाडौं आएका थिए । रायमाझी भारतमा गएको हुनसक्ने प्रहरीको आशंका छ ।
अब बढीमा १० देखि १४ दिनभित्र रायमाझी पक्राउ नपरे उनी सिधै अदालत उपस्थित हुन सक्नेछन् । त्यसको मतलब उनले प्रहरी हिरासतमा बस्नुपर्ने छैन ।
काठमाडौं प्रहरीले ठगी र संगठित अपराधमा अुनसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS