काठमाडौं । विपक्षी सांसदले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।
राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेरको सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठनको माग गरेका हुन् ।
‘करका दर हेरफेरको सूचना कसरी आयो ? यो भन्सारको कर्मचारीलाई थाहा हुन्छ ? अर्थमन्त्री, अर्थसविच र राजस्व सचिवलाई थाहा हुने हो । तर, ठूलो अपराध भएको छ । यसैले अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ । यो राजद्रोह हो,’ उनले भने ।
यसअघि आफैँ छानबिन गर्ने र आफैँ सफाइ दिने जस्ता वाक्क लाग्दा घटनाले जेन–जी आन्दोलन भएको भन्दै उनले यस्तो शैली नदोहोर्याउन पनि आग्रह गरे ।