काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई कानुनबमोजिम कारबाही गर्न राष्ट्रिय दलित आयोगले माग गरेको छ । मेयर राईले दलित समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयलाई पत्रचार गरेका हुन् ।
धरानकै कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया बिक र दिनेश गजमेरसहितका दलित जनप्रतिनिधि र संघसंगठनले पनि मेयर राईलाई कारबाही गर्न माग गरेका छन् । जनताको प्रतिनिधि र स्थानीय सरकार प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य र मान्यता, अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिएको भन्दै उनलाई कानुनअनुसार कारबाही हुनु पर्ने उनीहरुको माग छ ।
मेयर राईले फेसबुकमा मंसिर २७ गते दलित समुदायको चमार जातिमाथि चोट पुग्ने गरी अभिव्यक्ति दिएका थिए ।
FACEBOOK COMMENTS