काठमाडौं । संसद्मा नेपाल राष्ट्र बैंकको गभर्नर महिलालाई बनाउनुपर्ने माग उठेको छ ।
आज बिहीबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गभर्नर महिलालाई बनाउन माग गरेकी हुन् ।
सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी बेपत्ता छानबिन आयोगको नेतृत्व महिलालाई दिएकोमा बधाई दिँदै उनले गभर्नरमा पनि महिलालाई नियुक्त गर्न भनेकी हुन् ।
हिजो बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लीलादेवी गड्तौलालाई सङ्क्रमणकालीन न्यायसम्बन्धी बेपत्ता छानबिन आयोगको अध्यक्षमा नियुक्त गरेको थियो ।
गड्तौला पूर्वमुख्यसचिव हुन् । उनी नेपालकी पहिलो महिला मुख्यसचिवसमेत हुन् ।
FACEBOOK COMMENTS