सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। बुधबार टुँडिखेलमा विशेष समारोह गरी सरकारले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको हो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो ।
समारोहमा स्वतन्त्रताको प्रतिक परेवा उडाइएको थियो ।
नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
सबै तस्बिरहरू : नेपाल फाेटाे लाइब्रेरी
FACEBOOK COMMENTS