कार्तिक ९ काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा कानूनका विद्यार्थीले न्यायिक स्वच्छताको माग गर्दै सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन् ।
हातमा प्लेकार्ड बोकेका विद्यार्थीहरूले न्यायाधीशहरूले इजलास बहिस्कार गरेकामा विरोध गरेका छन् ।
न्यायाधीश र प्रधानन्यायाधीशबीचको झगडाको प्रत्यक्ष असर सेवाग्राहीलाई परेको छ । सोमबार र मंगलबार प्रधानन्यायाधीशले तोकेको पेशी न्यायाधीशहरूले बहिस्कार गरेका छन् ।
अदालतमा कानुन, प्रमाण र न्यायभन्दा पनि व्यक्तिगत स्वार्थ हावी भएको भन्दै उनीहरूदले अदालतको नेतृत्वप्रति आक्रोश पोखेका छन् ।
विद्यार्थीहरूले प्रदर्शन गरेको प्लेकार्डमा आफूहरू स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका र सर्वसाधारणको हक अधिकारको पक्षमा भएको उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS