काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राख्दैँ प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए ।
कोटेश्वर चोकबाट र्यालीसहित प्रदर्शनकारीहरू तीनकुनेतर्फ अघि बढेका छन् । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।
हिजो मात्रै सभामुख देवराज घिमिरेले मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको निरीक्षण गदैँ सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिएका थिए ।
उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए ।
FACEBOOK COMMENTS