काठमाडौँ । विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ ।
स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्ड सहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघि प्रदर्शन गरेका हुन् । उनीहरूले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपिलसमेत गरेका छन् ।
‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौँ। दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौँ’, अपिलमा भनिएको छ ।
FACEBOOK COMMENTS