काठमाडौँ । पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा बिरोध प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मगलबार बिरोध प्रदर्शन गरेको हो ।
अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाईकल, स्कुटर र अटो डोर्याएर सान्केतिक रुपमा बिरोध गरेका हुन ।
हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमालेका युवा नेता जयराम कुवरले आग्रह गरे ।
यस्तै मूल्यवृद्धिको विरुद्धमा आगामी दिनमा समेत राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि बाराका बिभिन्न स्थानमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने एमाले निजगढका सचिब तिलक घलानले बताए ।
यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियु र युवा संघले माग गरेको छ ।
पहिले कोभिड– १९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको अब पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढाड सेक्ने काम भईरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालाले बताए । उनले उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत सरकारलाई आग्रह गरे ।
नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।
FACEBOOK COMMENTS