विराटनगर । जेनजी प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् ।
सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगजनी गरेका हुन् ।
आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।
प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा दिनको साढे ३ बजेदेखि अर्को सुचना नभएसम्मका लागि कफ्र्यू आदेश पनि जारी गरेको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले चालाएको गोली लागेर इटहरीमा एक जनाको मृत्यु समेत भएको छ ।
FACEBOOK COMMENTS